काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा यही साउन १० गते राति भएको घटनामा घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा आज निधन भएकोप्रति गहिरो दुःख व्यक्त गरेको छ । प्रशासनले सार्वजनिक अपिल जारी गर्दै काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत मेहताको असामयिक निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक