काठमाडौं : नेपाल रेड्क्रस सोसाइटीले संस्थामा अनियमितताबारे उजुरी गर्ने समय अवधि थप गरेको छ। उजुरी तथा गुनासोको अध्ययन एवं छानबिन समितिले मंगलबार पत्रकार भेटघाटमार्फत २० दिन समय थप गरिएको जनाएको हो।छानबिन समितिका संयोजक दिपेश घिमिरेले उजुरी दिने ३५ दिने समय अपुग भएकोले थप २० दिन थपेर भदौ ३ गते बुधबारसम्म समय सीमा बढाइएको बताए।नेपाल रेड्क्रस सोसाइटीका उपशाखा देखि संघीय कार्यालयसम्म कार्यरत ब्यक्ति अथवा समूहबारे उजुरी दिन सकिने उनले जानकारी गराएका छन्। 'आर्थिक, नैतिक र भौतिक अनियमितता तथा पद, स