पहिरो हटाइएपछि पृथ्वी राजमार्ग पुनः सञ्चालनमा

  • मङगलबार १९ साउन २०८३ ०९:०१ PM
धादिङ : धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० स्थित पानीधारा नजिक खसेको ढुंगा सहितको सुक्खा पहिरो हटाइएपछि पृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ।इलाका प्रहरी कार्यालय गजुरीका अनुसार डोजरको सहायताले पहिरो पन्छाइएपछि करिब दुई घण्टापछि राजमार्गमा सवारी आवागमन पुनः सुचारु गरिएको हो।पहिरोका कारण रोकिएका सवारी साधनहरू राजमार्ग खुलेसँगै गन्तव्यतर्फ सञ्चालन हुन थालेका छन्।