आर्थिक रूपान्तरणका लागि स्पष्ट दिशा तय गरिएको छ: अर्थमन्त्री वाग्ले

  • मङगलबार १९ साउन २०८३ ०१:४७ PM
काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बजेटमार्फत आर्थिक रूपान्तरणका लागि स्पष्ट दिशा तय गरिएको बताएका छन् । सिंहदबारस्थित मन्त्रालयमा आज वाणिज्य बैंकका प्रमुख कार्यकारीसँगको छलफलमा मन्त्री वाग्लेले सरकारको अबको ध्यान उक्त बजेटको कार्यान्वयनमा रहेकाले सहयोग सुझाव दिन आग्रह गरे । उनका अनुसार बैंकिङ प्रणालीले उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउन के–कस्ता संरचनागत सुधार आवश्यक छन् ।