एजेन्सी । बङ्गलादेश सरकारले बलपूर्वक बेपत्ता पार्ने घटनामा संलग्न व्यक्तिलाई मृत्युदण्डसम्मको सजाय दिने कानूनी व्यवस्था प्रस्ताव गरेको छ । पदच्युत प्रधानमन्त्री शेख हसिनाको शासनकालमा एक हजार पाँच सयभन्दा बढी जबर्जस्ती बेपत्ता पारिएका घटनाको आधिकारिक अनुसन्धानपछि सरकारले यस्तो विधेयक अघि बढाएको हो । सन् २०२४ को जनविद्रोहपछि सत्ता परिवर्तन भएपछि गठन गरिएको अनुसन्धान आयोगले शेख हसिनाको