काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्षका सांसदले भूमिहिन र सुकुमवासी समस्या समाधानमा वर्तमान सरकार कटिबद्ध रहेको बताएका छन् । प्रतिपक्षका तर्फबाट प्रस्तुत भएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा उनीहरुले विगतका सरकारले उक्त समस्यालाई दृढतापूर्वक समाधान गर्न नसकेको आरोप लगाएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का इन्दिरा रानाले स्थानीय तहले भूमिहिन र सुकुमवासीलाई लालपूर्जा दिन