चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा माइक्रोबसले जोखिमपूर्ण ढङ्गले ‘ओभरटेक’ (उछिन्ने) गर्दै तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति बढ्दा अन्य सवारीचालक तथा यात्रुले सास्ती भोग्नुपरेको छ । पूर्व–पश्चिम तथा काठमाडौँ-पोखरा जोड्ने व्यस्त राजमार्गमा पहिरोका कारण हुने अवरोधसँगै यस्ता सवारीको लापरबाहीले ट्राफिक जाम, दुर्घटनाको जोखिम र यात्रामा थप हैरानी बढाएको गुनासो आएको छ । बागमती प्रदेश नेपाल प्रहरी राजमार्ग