एयर इन्डियाको विमान अचानक ३०० फिट तल झर्यो, क्याबिन क्रुसहित १४ जना घाइते

  • मङगलबार १९ साउन २०८३ ०६:०१ PM
भारत : थाइल्याण्डको फुकेटबाट दिल्ली आउँदै गरेको एयर इन्डियाको एआई–२३७९ उडानमा मंगलबार अचानक तीव्र टर्बुलेन्स (हावाको अस्थिरता) भएपछि विमान करिब ३०० फिट तल झरेको  छ । यस घटनामा १० जना यात्रु र ४ जना क्याबिन क्रु सदस्य गरी १४ जना घाइते भएका छन् ।क्याबिन क्रुका एक सदस्य गम्भीर घाइते भएका छन् भने अन्यलाई सामान्य चोट लागेको बताइएको छ । विमान भने सुरक्षित रूपमा दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । सबै यात्रु र चालक दलका सदस्य सुरक्षित रूपमा विमानबाट बाहिरिए