काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोट जिल्लाको म्यागङ गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत बिरेन्द्र तामाङलाई नियन्त्रणमा लिएको छ । सोमबार तामाङलाई सेवाग्राहीबाट एक लाख घुस लिइसकेको अवस्थामा काठमाडौँ महानगरपालिका वडा नं. १६, बालाजुबाट नियन्त्रणमा लिइएको हो । सेवाग्राहीको भुक्तानी रकम निकासा दिने क्रममा कमिसनको बार्गेनिङ गर्दै पटक/पटक दु:ख हैरानी दिएर घुस माग गरिरहेको भन्ने