मुन्दडाको घरमा खानतलासी गर्ने मोरङ प्रहरी प्रमुखसँग स्पष्टीकरण माग

  • मङगलबार १९ साउन २०८३ ११:३० AM
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयले व्यवसायी बेनी गोपाल मुन्दडाको घरमा खानतलासी गरिएको सम्बन्धमा मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालसँग २४ घण्टे स्पष्टीकरण माग गरेको छ । कार्यालयले सो समयभित्र सम्बन्धित प्रमाण, अभिलेख र कागजातसहित लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो । विराटनगर महानगरपालिका–७, गोश्वारा रोडस्थित मुन्दडाको घरमा यही साउन १८ गते