राजस्व चुहावट गरेको भन्दै पाँच जनाविरुद्ध आरोपपत्र दायर

  • मङगलबार १९ साउन २०८३ ११:४६ AM
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढवा गाउँपालिका दाङका तत्कालीन अध्यक्ष सहजराम अहिरसहित पाँच जनालाई राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । आयोगले तत्कालीन अध्यक्ष अहिरसमेत पाँच जना र सगुन कन्स्ट्रक्सन एण्ड इञ्जिनियरिङ प्रालि बुटबल उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेको हो ।