हेलिकोप्टर चार्टर र उद्धार उडानको भाडा भदौ ३० देखि बढ्ने

  • मङगलबार १९ साउन २०८३ १२:०३ PM
काठमाडौँ । वायुसेवा सञ्चालक संघ, नेपालले हेलिकोप्टर चार्टर तथा नेपाली नागरिकका लागि सहुलियतपूर्ण उद्धार उडानको नयाँ भाडादर लागू गर्ने निर्णय गरेको छ । मङ्गलवार संघले जारी गरेको प्रेस विज्ञप्तिअनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व बजारमा हवाई इन्धनको मूल्यमा भएको तीव्र वृद्धि, आपूर्ति शृङ्खलामा आएको अवरोध तथा यूरोको विनिमय दर बढ्दा उड्डयन क्षेत्रको सञ्चालन खर्च उल्लेख्य