झापा । जिल्ला प्रशासन कार्यालय झापाले खाना पकाउने एलपिजी ग्यासको आपूर्तिमा समस्या देखिएपछि समाधानका लागि पहल सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा आज उद्योगी तथा व्यवसायीसँग भएको छलफलमा ग्यास आपूर्ति, वितरण तथा देखिएका समस्याका विषयमा समीक्षा गरिएको छ । त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी गेलालले ग्यास अभावको सूचना प्राप्त हुनासाथ प्रशासनले