काठमाण्डु– काठमाण्डु-३ का प्रतिनिधिसभा सदस्य राजु नाथ पाण्डेले गोकर्णेश्वर नगरपालिका–४ स्थित माकलबारी बस स्ट्यान्डदेखि देशेसम्मको सडक विस्तारका क्रममा नेपाल ट्रस्टको स्वामित्वमा रहेको क्षेत्रको पर्खाल हटाउने विषयलाई लिएर सामाजिक सञ्जाल र सञ्चारमाध्यममा फैलाइएका भ्रमपूर्ण प्रचारप्रति ध्यानाकर्षण भएको बताएका छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै सांसद पाण्डेले उक्त सडक विस्तारका क्रममा प्रारम्भिक रूपमा सम्बन्धित नेपाली सेनाको टुकुडीसम्म