काठमाण्डु– विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा छाड्न आदेश दिएको छ । पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको आरोप लागेका अधिकारीलाई विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य, सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । पोखरा विमानस्थल निर्माणमा ठेकेदार कम्पनीलाई राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोप