काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले आफ्नो निर्वाचन क्षेत्रमा नेपाली सेनाका एक अधिकारीसँग भएको विवादबारे स्पष्टीकरण दिएका छन् । आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत माकलबारी नजिकै सडक चौडा पार्ने क्रममा विवाद सिर्जना भएको थियो । नेपाली सेनाका एक अधिकारीले आफूलाई माथिको आदेश चाहिने भन्दै तत्काल डोजर नचलाउन भने । तर पाण्डेले आफूले