काठमाडौं । मोटरसाइकल दुर्घटनाबाट घाइते भएका आफ्नै साथीको हत्या गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–७ बस्ने २० वर्षीय गोविन्द जैसी रहेका छन् । गत साउन १५ गते राति करिब २ बजे सोही नगरपालिका ९ ठाकुरद्वाराबाट हात्तीसारतर्फ जाँदै गरेको लु.प्र.००१–०१२ प ०८२५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो