काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले बागमती प्रदेश सरकार निर्माणका विषयमा नेकपा (एमाले) र नेकपाबीच भएको सहमति भए पनि ३ सिट अपुग भएको बताएका छन् । उनका अनुसार एमाले र नेकपाबीचको सहमति अनुसार प्रदेशका सांसदहरू र पार्टी नेतृत्वबीच निरन्तर आन्तरिक छलफल भइरहेको छ। ‘हाम्रो पहिलो प्राथमिकता सहमतिमै पार्टीको नेतृत्वमा सरकार गठन गर्ने हो, यदि सहमति जुट्न सकेन भने संसदीय दलको भावना र लोकतान्त्रिक प्रक्रियाअनुसार निर्णय गरिनेछ,’ उनले पछिल्लो गठबन्धनका बारेमा भनेका छन् । उनका अनुसार एमाले र नेकपा मिल्दा पनि प्रदेश सभामा बहुमतका लागि अझै ३ सिट आवश्यक पर्ने अवस्था छ। ... The post एमाले र नेकपा मिल्दा पनि बागमतीमा ३ सिट कम छ : महेश बस्नेत appeared first on Kalika Khabar.