काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका प्रतिनिधिसभाका सांसद भीष्मराज आङदेम्बेले सुनसरी–सिरहा घटनाको सत्य तथ्य र न्यायिक छानविनका लागि संसदीय छानविन समितिको माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद आङदेम्बेले सुनसरी र सिरहामा गोली नै चलाउनु पर्ने अवस्था सरकारका लागि किन आयो भन्दै प्रश्न समेत गरेका छन् । उनले यसका विषयमा सरकारले चित्तबुझ्दो जवाफ दिनुपर्ने र घटनाको जिम्मा लिनु पर्ने बताएका छन् । उनले विपत व्यवस्थापनको पक