नेपालले अन्तरराष्ट्रिय सहायता र व्यापारबाट बढी लाभ लिनुपर्छ : परराष्ट्रमन्त्री खनाल

  • मङगलबार १९ साउन २०८३ १०:२६ AM
काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनालले सरकार आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताएका छन्। परराष्ट्र मन्त्रालयमा मंगलबार आर्थिक कूटनीति महाशाखाको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आर्थिक समृद्धिका लागि अन्तरराष्ट्रिय सहायता र व्यापार महत्त्वपूर्ण आधार रहेको औँल्याए। मन्त्री खनालले अन्तरराष्ट्रिय सहायता र व्यापारका क्षेत्रमा नेपालको सहभागिता र लाभलाई थप विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताए।