एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता जारी रहेको दाबी गर्दै तेहरानलाई सम्झौतामा पुग्न ‘अन्तिम अवसर’ रहेको चेतावनी दिएका छन् । इरानले भने वासिङ्टनसँग प्रत्यक्ष वार्ता भइरहेको दाबी अस्वीकार गर्दै आफूहरूको संवाद केवल हर्मुज जलघाँटीमा सुरक्षित जलमार्ग सुनिश्चित गर्ने विषयमा ओमानसँग केन्द्रित रहेको जनाएको छ । ह्वाइट हाउसमा सोमबार पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले