काठमाडौँ । सांसदहरूले ग्यासको कृतिम अभाव रोक्न ग्यास सिलिण्डरको तथ्यांक संकलन गरी ट्रयाकिङ प्रणाली लागू गर्न सुझाव दिएका छन् । प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले उक्त सुझाव दिएका हुन् । उनीहरूले हाल ग्यासको आपूर्ति पर्याप्त हुँदा पनि सरकारको व्यवस्थापकीय असफलताका कारण एलपी ग्यासको अभाव भएको बताए ।