अर्का युवकको मृत्यु भएपछि देवानगञ्जमा फेरि तनाव, प्रहरी परिचालन

  • मङगलबार १९ साउन २०८३ ०९:३५ AM
काठमाण्डु– सुनसरीको देवानगञ्ज घटनामा घाइते भएका अर्का युवकको उपचारका क्रममा मृत्यु भएपछि मंगलबार स्थानीय क्षेत्रमा तनाव भएको छ। गत साउन १० गते हिन्दु र मुस्लिम समुदायबीच भएको झडपमा घाइते भएका देवानगञ्ज–३ निवासी २१ वर्षीय रबिन्द्र मेहताको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएपछि स्थनीयले इनरुवा–कप्तानगञ्जका भित्री सडकखण्डमा ढुंगा तथा मुढा राखेर सडक अवरुद्ध गरेका छन्। युवकको