काठमाडौँ । सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रधानमन्त्रीसँग भेटघाट गरी प्रदेशको विकास, सुशासन र समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन् । सिंहदरबारमा भएको उक्त सामूहिक भेटवार्तामा सुदूरपश्चिम प्रदेशका विद्यमान समस्या, सरकारका गतिविधि र भविष्यको रणनीतिका विषयमा कुराकानी भएको हो । भेटका क्रममा सांसदहरूले सरकारले सुशासनका क्षेत्रमा गरेका