सुनसरी घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग काँग्रेसको माग

  • मङगलबार १९ साउन २०८३ ०९:१४ AM
नेपाली काँग्रेसका सचेतक निष्कल राईले सुनसरीसहित पूर्वी मधेसमा भएको धार्मिक तनावको विषयमा निष्पक्ष अनुसन्धान गरी सुरक्षा कमजोरी र राज्यको भूमिकासहितको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले साम्प्रदायिक सद्भाव खल्बल्याउने गरी सामाजिक सञ्जालमार्फत अफवाह फैल्याउनेमाथि कानूनी कारबाही गर्न समेत माग गरे ।