सुनको मूल्यमा भारी गिरावट आउन सक्ने वर्ल्ड गोल्ड काउन्सिलको दाबी

  • मङगलबार १९ साउन २०८३ ०९:२१ AM
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा थप गिरावट आउन सक्ने संकेत देखिएको छ । वर्ल्ड गोल्ड काउन्सिल (डब्लुजीसी) ले सुनको मूल्य प्रतिऔंस ३,८५७ अमेरिकी डलरभन्दा तल झरेमा अर्को प्रमुख समर्थन बिन्दु ३,५०० डलरमा रहने जनाएको छ । काउन्सिलले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार यदि सुनको मूल्य ३,८५७ डलरभन्दा तल झरिरह्यो भने ३,५०० डलरसम्म पुग्न सक्ने सम्भावना छ ।