व्यवसायी प्रकाश मुदन्डाको घरमा छापामार प्रकरणमा मोरङका एसपीसँग सोधियो स्पष्टीकरण

  • मङगलबार १९ साउन २०८३ १०:०६ AM
मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालसँग कोशी प्रदेश प्रहरी कार्यालयले स्पष्टीकरण सोधेको छ । विराटनगर महानगरपालिका-७ गोश्वारा रोडस्थित व्यवसायी प्रकाश मुदन्डाको घरमा खानतलासी गरिएको घटना बारे एसपी कटवालसंग स्पष्टीकरण सोधिएको हो । कोशी प्रदेश प्रहरी कार्यालयले उक्त घटनासम्बन्धी प्राप्त सूचना, उपलब्ध विवरण तथा प्रारम्भिक तथ्यका आधारमा प्रहरीको निर्णय प्रक्रिया, कानुनी आधार र कार्यसम्पादनबारे गम्भीर प्रश्न