गृहमन्त्रीले मधेसमा सहमति गरे पनि मन जित्न सकेनन् : सांसद बराल

  • मङगलबार १९ साउन २०८३ ०३:०१ PM
काठमाडौं : नेकपा एमालेका सांसद गुरु बरालले सुनसरीलगायतका घटनामा पीडित परिवारसँग गृहमन्त्रीले गरेको सहमतिप्रति प्रश्न उठाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद बरालले संवैधानिक प्रक्रिया, कानुनी प्रक्रिया, विगतका चलन र अभ्यासहरू भन्दा माथि उठेर गृहमन्त्रीले सहमति गरेको भन्दै प्रश्न उठाएका हुन् ।उनले  गृहमन्त्रीले मृतकहरूका परिवारलाई भेटेर सहमति गरे पनि उनीहरूको मनलाई जित्न नसकेको उल्लेख गरे । सुनसरी घटनाको छानबिन गर्दा न्यायिक समितिको तर्फबाट छानबिन गर्नुपर्नेमा सरकारले गठन गरेको समितिल