काठमाडौं : प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरूङबीच भेटवार्ता भएको छ। सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उनीहरूबीच मंगलबार बिहान भेटवार्ता भएको हो। भेटका क्रममा गृहमन्त्री गुरूङले तराई-मधेशको पछिल्लो सुरक्षा अवस्था र विकसित घटनाक्रमबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको स्रोतले बताएको छ।मोरङ र मधेशका केही क्षेत्रमा दुई समूहबीच तनाव उत्पन्न भएपछि गृहमन्त्री गुरूङ स्थलगल अनुगमनका लागि त्यहाँ गएका थिए। उनले सुनसरी पुगेर मृतकका परिवारसँग छलफल तथा सहमतिपछि काठमाडौं