शक्ति केन्द्रीकरणले निरंकुशता निम्त्याउँछ: सांसद केसी

  • मङगलबार १९ साउन २०८३ ०८:४७ AM
काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयबाट हटाएर गृह मन्त्रालय मातहत नै फर्काउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले शक्ति केन्द्रिकरणले लोकतन्त्रमा विकृति ल्याउने तर्क गरेका हुन् ।