सुस्तामा भारतीय एसएसबी प्रवेश घटनाबारे प्रधानमन्त्री बालेनले जवाफ दिनुपर्छः एमाले

  • मङगलबार १९ साउन २०८३ ०९:१० AM
काठमाण्डु– एमालेले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) प्रवेश गरेको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै सीमा सुरक्षाको विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद गुरुप्रसाद बरालले भारतीय सुरक्षाकर्मी सिभिल पोशाकमा नेपाली भूमिमा प्रवेश गरेको भन्दै त्यसप्रति सरकारको प्रतिक्रिया नआएकोमा असन्तुष्टि जनाए ।