जनप्रतिनिधिले देशभर निर्वाध हिँड्न पाउनुपर्छ, सरकार कहाँ छ ? : हर्क साम्पाङ

  • मङगलबार १९ साउन २०८३ ०२:०३ PM
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने माग दोहोर्याउँदै सरकारले संसद्मा उठेका विषयलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साम्पाङले प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै त्यसलाई सच्याउन र अभिलेखबाट हटाउन माग गरे । उनले संसद्मा सांसदहरूले उठाएका विषयलाई सरकारले सुन्ने, बुझ्ने र आवश्यक निर्णय तथा कार्यान्वयनमा लैजानुपर्ने बताए ।  उनले भने,‘ हामी यहाँ थुप्रै दिनदेखि प्रधानमन्त्रीज्यूको अभिव्यक्तिलाई सच्याउनुपर्छ भन्ने मागका साथ विरोध गरिरहेका छौँ । यो रेकर्डबाट पनि हटाइएको छैन । तपाईंलाई पनि नेपालले भारतको भूमि मिचेछ भन्ने नै लागेको हो र मेटाउनुभएको छैन या के हो