प्रधानमन्त्री र प्रधान सेनापतिबीच मुलुकको सुरक्षाबारे छलफल

  • मङगलबार १९ साउन २०८३ ०२:०१ PM
काठमाडौं : प्रधानमन्त्री बालेन शाह र  प्रधान सेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ। उनीहरूबीच मंगलबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो। प्रधानमन्त्री शाहले रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका छन्।सैनिक प्रवक्ता राजाराम बस्नेतले प्रधानमन्त्री र प्रधान सेनापतिबीच भेटघाट नियमित भएको बताए। उनले अन्नपूर्णसँग भने,'पछिल्लो समय सामसामयिक विषयमा उहाँहरूबीच छलफल भएको हो।' भेटमा मोरङ र मधेशमा उत्पन्न दुई समूहबीचको विवादलग