काठमाडौं : श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले ठाउँ ठाउँमा सेना गठन गर्ने छुट कसले कसलाई दिएको हो ? भन्दै संसद बैठकमा प्रश्न गरेका छन् ।प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद साम्पाङ्गले सेना गठन गर्न पाउने मापदण्ड के–के हुन्, त्यो मापदण्ड पुरा गरेर क–कसले सेना गठन पाउने हो भन्दै संसदमार्फत सरकारलाई प्रश्न गरेका छन् । साउन ५ गते आफ्ना कार्यकर्ता जनकपुर जाँदा अज्ञात समूहले हातपात समेत गरेको बताउँदै उनले यसबारेमा आफूले गृहमन्त्रीलाई