काठमाण्डु– एमाले अध्यक्ष केपी ओली कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई जसरी पनि हटाउन उद्धत रहेको विषयमा पार्टी उपमहासचिव योगेशकुमार भट्टराईले नेतृत्वको निर्णय प्रक्रियामाथि सार्वजनिक रूपमा प्रश्न उठाएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले कार्कीलाई अकारण मुख्यमन्त्रीबाट हटाउन खोज्नुको कारण माग गरेका छन् । उनले अन्य प्रदेशका मुख्यमन्त्रीहरू यथावत रहने र कोशीको