काठमाडौं । मध्यपहाडी लोकमार्गबाट लोकमार्गअन्तर्गत सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२ नवलपुर नजिक सुनकोशी नदीमा बेपत्ता तीन जना यात्रु र कारको खोजी कार्य आज पनि जारी रहेको छ । सोमबार बिहान त्यसस्थानमा काठमाडौँबाट–ओलढुङ्गाको सिस्नेरीतर्फ गइरहेका बाप्र ०८–००१–ख ०१४४ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा सडकमा रोकी रहेको कार करिब ५० मिटर तल नदीमा खसेर बेपत्ता भएको थियो ।