काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत ज्यान जोखिममा परेका दुई महिलाको हवाई उद्धार गरी समयमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराइएको छ । यही साउन १७ गते सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ निवासी ३३ वर्षीया प्रभा ढुङ्गानाले नवजात शिशुलाई जन्म दिएपछि अत्यधिक रक्तश्राव भई स्वास्थ्य अवस्था