युवालाई सही मार्गमा ल्याउन सके सवारी दुर्घटना न्यूनीकरण गर्न सकिन्छः मुख्यमन्त्री आचार्य

  • मङगलबार १९ साउन २०८३ ०७:४९ AM
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई सचेत, अनुशासित र जिम्मेवार बनाउनुपर्ने बताएका छन् । प्रदेशस्तरीय सडक सुरक्षासम्बन्धी गोष्ठीमा आज लमहीमा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा १६ देखि ३० वर्ष उमेर समूहका युवा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुने गरेको बताए । उनले उक्त घटनालाई प्रदेशकै सबैभन्दा ठूलो चुनौती र चिन्ताको विषय भएको उल्लेख गरे ।