काठमाडौँ । नेपाली काँग्रेसका सचेतक निश्कल राईले सुनसरीसहित पूर्वी मधेसमा भएको धार्मिक तनावको विषयमा निष्पक्ष अनुसन्धान गरी सुरक्षा कमजोरी र राज्यको भूमिकासहितको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले साम्प्रदायिक सद्भाव खलबल्याउने गरी सामाजिक सञ्जालमार्फत अफवाह फैल्याउनेमाथि कानुनी कारबाही गर्न समेत माग