काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले सुनसरीसहित पूर्वी मधेसमा भएको धार्मिक तनावबारे निष्पक्ष छानबिन गरी सुरक्षा कमजोरी र राज्यको भूमिकासहितको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले घटनाको सत्यतथ्य सार्वजनिक गर्दै दोषीमाथि कानुनी कारबाही गर्न आग्रह गरे । साथै, सामाजिक सञ्जालमार्फत साम्प्रदायिक सद्भाव खल्बल्याउने गरी अफवाह फैलाउने व्यक्तिमाथि