सुनसरी : सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको साम्प्रदायिक हिंसात्मक घटनामा गम्भीर घाइते भएका रबिन्द्र मेहताको उपचारका क्रममा निधन भएको छ। काठमाडौंको महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचाररत मेहताको मंगलबार बिहान निधन भएको देवानगन्ज गाउँपालिकाका अध्यक्ष बेचन मेहताले जानकारी दिएका छन्।रबिन्द्र मेहताको निधनसँगै कप्तानगन्ज घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। यसअघि सो घटनामा जयप्रकाश मेहता र ओमप्रकाश मेहताको मृत्यु भइसकेको थियो। घटनापछि पीडित परिवार र सरकारबीच गृहमन्त्री सु