रास्वपा महामन्त्रीको स्वीकारोक्तिः चार महिनामा संसद् फेल भएको देख्छु

  • मङगलबार १९ साउन २०८३ ०६:५२ AM
काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री विपिनकुमार आचार्यले वर्तमान संसदको पहिलो चार महिना ‘फेल’ भएको बताएका छन् । पत्रकार निमेष बञ्जाडेसँग हिमालय टिभीको कार्यक्रम ‘यक्ष प्रश्न’ मा आचार्यले संसदले सयमा ४० अंक पनि प्राप्त गर्न नसकेको बताए । ३२ लाई पास मार्क मान्दा मात्र संसद् पास भएको र ४० लाई पास मार्क मान्ने हो