दिल्लीका मुख्यमन्त्री काठमाण्डु आउने

  • मङगलबार १९ साउन २०८३ ०७:०४ AM
काठमाण्डु – भारतको दिल्ली प्रदेश सरकारका मुख्यमन्त्री रेखा गुप्ता नेपाल आउने भएकी छिन् । उनले आराध्यदेव भगवान् श्री पशुपतिनाथको दर्शन गर्ने इच्छा व्यक्त गरेकी छन्। पाल्पा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद सन्दीप राना नेतृत्वको समूहसँग भएको भेटका अवसरमा उनले आफू छिट्टै नै पशुपतिनाथको पूजा, आराधना एवं दर्शनका लागि नेपाल आउने जानकारी गराएकी हन्।