राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय नै राख्न अर्थ मन्त्रालयको प्रस्ताव

  • मङगलबार १९ साउन २०८३ ०७:०३ AM
काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको आकार हालकै सात सदस्यीय कायम राख्नुपर्ने प्रस्ताव गरेको छ । मन्त्रालयले प्रस्तावित नौ सदस्यीय संरचनाभन्दा हालको व्यवस्था छरितो, प्रभावकारी र कार्यसम्पादनका दृष्टिले उपयुक्त हुने धारणा राखेको हो । मंगलबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै अर्थ सचिव डा.घनश्याम उपाध्यायले राष्ट्र बैंक ऐन संशोधनसँग सम्बन्धित सांसदहरूले दर्ता