विश्व मञ्चमा अहिले जलवायु परिवर्तनको मुद्दा केवल हिमाल पग्लिने, तापक्रम बढ्ने र बाढीपहिरो आउने प्राविधिक बहसमात्र रहेन। यो त मानव सभ्यता, सामाजिक न्याय र मानव अधिकारसँग जोडिएको गम्भीर संकट बनिसकेको छ। जलवायु परिवर्तनको विश्वव्यापी चक्रमा जसको योगदान शून्यप्राय : छ, त्यही वर्ग नै यसको सबैभन्दा ठूलो मूल्य चुकाउन बाध्य छ। त्यो वर्ग हो— हाम्रा बालबालिका।अझ नेपालजस्तो भौगोलिक रूपमा जोखिमपूर्ण र आर्थिक रूपमा विकासशील देशमा जलवायु परिवर्तनको क्रूर प्रहार समाजको तल्लो तहमा परिरहेको छ। समग्र