सल्यान : सल्यानमा एक १४ बर्षीया किशोरीलाई जब्बरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक प्रौढ व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दार्मा गाउँपालिका–४ लामाडाँडा बुगेनी बस्ने ५५ वर्षीय रूद्रबहादुर चन्दलाई सोमबार बिहान पक्राउ गरेको हो । रूद्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दार्माबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।