काठमाण्डु – प्रधानमन्त्री बालेन शाह र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता सुरु भएको हो । बालेन शाह प्रधानमन्त्री नियुक्त भएपछि प्रधानसेनापति सिग्देलसँग भएको यो चौथो भेट हो। प्रधानमन्त्री शाहले हाल रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेका छन्। प्रधानमन्त्री नियुक्त भएको लामो समय बितिसक्दा