चामे–नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण

  • मङगलबार १९ साउन २०८३ ०६:०७ AM
गण्डकी । मनाङको चामे गाउँपालिका–३ र ५ लाई जोड्ने गरी मर्स्याङ्दी नदीमा बेलिब्रिज निर्माण गरिएको छ । बेलिब्रिज सञ्चालनमा आएसँगै सडक सञ्जाल नपुगेको नार्पाभूमिका बासिन्दाको आवतजावत र ढुवानीमा सहज भएको छ । चौवन्न दशमलव चार मिटर लामो र चार मिटर चौडा उक्त बेलिब्रिजको सोमबार नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले उद्घाटन गरे । बेलिब्रिज निर्माणले