काठमाडौँ । न्यूनतम पारिश्रमिकको निर्धारण र श्रम शोषणको अन्त्य लगायतका १५ बुँदे माग राखी साउन १४ गतेदेखि आमरण अनसनमा बसेकी स्टाफ नर्स ज्योति रानाभाटको समर्थनमा स्वास्थ्यकर्मी तथा नर्सिङ समुदायले प्रदर्शन गरेका छन् । नर्स रानाभाटको आन्दोलनप्रति ऐक्यबद्धता जनाउन र उनका जायज मागहरूको शीघ्र सम्बोधनका लागि दबाब दिने उद्देश्यले काठमाडौँ उपत्यकाका नर्स तथा स्वास्थ्यकर्मीहरूले वीर अस्पताल