सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • मङगलबार १९ साउन २०८३ ०४:२९ AM
राजविराज । पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत सप्तरीको महादेवा गाउँपालिका–१, चिम्टीस्थित महुवा खोलानजिक सोमबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पकरीबाट बथनाहातर्फ जाँदै गरेको प्रदेश २–०१–००६ प २४९६ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण सडक किनारको कल्भर्टमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक महादेवा गाउँपालिका–१ रामटोलका ३५ वर्षीय सन्तोष राम र पछाडि सवार सोही स्थानका ३७ वर्षीय शंकर राम गम्भीर घाइते भएका थिए । गम्भीर घाइते सन्तोषको उपचारका क्रममा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको हो भने शंकरलाई थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएकोमा ... The post सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु appeared first on Kalika Khabar.